कोशी प्रदेश : सभामुख बाबुराम गौतमले दिए राजीनामा
प्रकाशित:
२०८०, १६ श्रावण
काठमाडौं, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन उनले पदबाट राजीनामा दिएका हुन् ।
सभामुख गौतमले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन् । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नेछ । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन हुने छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार