शरणार्थी प्रकरण- जिल्लाको आदेशविरुद्ध खाण, रायमाझीसहितका प्रतिवादी पुगे उच्च अदालत
अखबार टुडे
प्रकाशित:
२०८०, १६ श्रावण

काठमाडौं, १६ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत प्रतिवादीहरू उच्च अदालत पाटनमा पुगेका छन् ।

आफूहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उनीहरु उच्च अदालत पुगेका हुन् । उनीहरूले उच्च अदालतमा आइतबार निवेदन दिएको बताइएको छ ।

रायमाझी, खाणसहित १५ जनाले आफूहरूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् । उनीहरूको निवेदनमा पहिलो सुनुवाइ गर्दै उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।

प्रतिक्रिया