सडकमा डोजर तेर्स्याएर बालुवाटारमा निर्माण व्यवसायीको प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०८०, १६ श्रावण

काठमाडौं, १६ साउन । निर्माण व्यवसायीहरूले आज (मंगलबार) पनि बालुवाटारमा प्रदर्शन गरेका छन् । उनीहरूले ४ वटा डोजर र सडकमा डोजर लगायतका निर्माण औजारसहति बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

प्रदर्शनमा व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया