एमालेको अडानपछि प्रतिनिधिसभा बैठक स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, १५ श्रावण

काठमाडौं, १५ साउन । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सुन प्रकरणमा एमालेले आफ्नो अडान नछाडेपछि प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित भएको हो ।

एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ । तर, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले स्पष्ट जवाफ नदिएकाले संसद अवरोध कायम राख्ने जनाएको थियो ।

प्रतिक्रिया