डोजर चलाउने काठमाडौं महानगरको त्यारीपछि राप्रपाका कार्यकर्ताले तेर्साए सडकमै गाडी
अखबार टुडे
प्रकाशित:
२०८०, १५ श्रावण

काठमाडौं, १५ साउन । काठमाडौं महानगरपालिकाले धुम्बाराहीमा रहेको राप्रपाको पार्टी कार्यालय हटाउने तयारी गरेसँगै नेता तथा कार्यकर्ताको भीड लागेको छ ।

महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय डोजर लगाएर हटाउन त्यारी गरेपछि नेता ताथ कार्यकर्ताको भीड लागेको हो ।

डोजर जाने बाटोमा कार्यकर्ताले गाडी तेर्स्याएर अवरोध सुरु गरेका छन् । यस्तै पार्टी कार्यालय परिसरमा ठूलो सङ्ख्यामा नेता कार्यकर्ताको भीड लागेको छ ।

यस्तै महानगरपालिकाले भने तोकिएको समयमा कार्यालय नहटाइएकाले भत्काउन जाने लागिएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको टोली डोजरसहित कार्यालय जान लागेको बताए ।

यसअघि शुक्रबार राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो । हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो ।

प्रतिक्रिया