भ्रष्टाचारविरुद्ध अरू फाइल खुल्नेवाला छन् : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, १४ श्रावण

काठमाडौं, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान अघि बढ्दै जाने बताएका छन् । आइतबार ललितपुरको च्यासलमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बेथितिविरुद्ध ‘जेहाद’ छेडिएको बताए ।

उनले भने, ‘भ्रष्टाचारविरोधी या राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने बेथितिकाविरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएको छ । यो कदम यही रोकिनेवाला छैन, निरन्तर अघि बढ्ने छ ।’

उनले भ्रष्टाचारविरुद्धको अभियानलाई कुनै आवेग वा राजनीतिक स्टन्ट नभएको बताएका छन् । उनले आउँदा दिनमा अरू फाइल खोल्दै जाने बताए । ‘आउने दिनमा हेर्दैैैैै जानुहोला, अरू फाइल खुल्दै जानेवाला छन्,’ उनले भने । जनता साथ पाए ‘ब्याटल’ जितिने उनको भनाइ थियो ।

प्रतिक्रिया