कलाकार सारूकको सुसाइड नोट : इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु
अखबार टुडे
प्रकाशित:
२०८०, १४ श्रावण

काठमाडौं, १४ साउन । आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ । ताम्राकारले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा सुसाइड नोट लेखेको भेटिएको हो ।

घरैमा मृत भेटिएका उनको फोन अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । उक्त ल्याबको रिपोर्टबाट सुसाइड नोट फेला परेको हो ।

सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ । उनको नोटमा भेटिएको छ, ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मि रेष्ट इन पिस, धन्यवाद।’

सारुक गत असार २१ गते, बिहीबार साँझ काठमाडौंको रातोपुलस्थित आफ्नो घरमा मृत फेला परेका थिए । उनी मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए ।

प्रतिक्रिया