चाबहिलका नापी अधिकृत पुरीविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा
अखबार टुडे
प्रकाशित:
२०८०, १४ श्रावण

काठमाडौं, १४ साउन । नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

२०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको तर उनको वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रुपैया ६९ पैसा मात्र रहेको अख्तियारको दाबी छ ।

पुरीले कमाएको अकुत सम्पत्ति श्रीमती सृजना गिरीको नाममा राखेको देखिएकाले जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया