सुन प्रकरण- ठमेलको होटल भियना र टोखाको गोदाममा राजस्वको छापा, एक पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १४ श्रावण

काठमाडौं, १४ साउन । एक क्विन्टल सनु प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले ठमेल र टोखामा एक साथ छापा मारेको छ । विभागले ठमेलस्थित होटल भियना र टोखाको एक गोदाममा छापा मारेको हो ।

सो क्रममा विभागले भियना होटलका संचालक दावा छिरिङलाई नियन्त्रणमा लिएको छ । त्यस्तै टोखाको गोदामबाट विभागको टोलीले सुन गाल्ने केही मेसिनसमेत बरामद गरेको छ ।

विभागले २ साउनमा त्रिभुवन विमानस्थलको भन्सार पास भएर आएको मोटरपार्टसमा लुकाएर ल्याइएको करिब एक सय किलो सुन बरामद गरेको थियो । सोही सुनको मालिकसम्म पुग्न विभागको टोलीले करिब आधा दर्जन ठाउँमा छापा हानेको छ । हालसम्म १८ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

प्रतिक्रिया