कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो
अखबार टुडे
प्रकाशित:
२०८०, १४ श्रावण

काठमाडौं, १४ साउन । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउन ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको हो ।

इच्छुक नेपाली नागरिकले यही साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दर्ता गर्न सक्ने छन् । भाषा परीक्षा असोज १ गतेदेखि सञ्चालन हुने र सीप परीक्षणको मिति पछि तय हुने जनाइएको छ ।

भाषा परीक्षा, सीप परीक्षण तथा अर्न्तवार्तामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा अधिकतम अंक प्राप्त गर्नेहरूमध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोश्रो चरणमा गरी अनुमानित उत्तीर्ण सङ्ख्या २ हजार ५ सयको अन्तिम नतिजा प्रकाशन गरिने बताइएको छ । कोरियामा कामदारको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने पनि सूचनामा उल्लेख छ । आवेदकको उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने छ ।

प्रतिक्रिया