‘मिस प्लस टू नेपाल २०२३’ को उपाधि शिक्षालाई
अखबार टुडे
प्रकाशित:
२०८०, १२ श्रावण

काठमाडौं, १२ साउन । शिक्षा राणा ‘मिस प्लस टू नेपाल २०२३’ घोषित भएकी छन् । राजधानीमा आयोजित प्रतियोगीतामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस प्लस टू नेपाल २०२३’ घोषित भएकी हुन् ।

उनले ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधि समेत हात पार्न सफल भएकी छन् । प्लस टू अध्ययनरत छात्राहरुको प्रतिभा निखार्दै व्यक्तित्व र सौन्दर्य मापनको उदेश्यले आयोजित प्रतियोगीतामा याङ्जी दावा लामाले फस्ट रनरअप र विशाखा श्रेष्ठ सेकेन्ड रनर अप भए । लामाले भ्युअर च्वाइस र पब्लिक च्वाइस उपाधि समेत हात पार्दा श्रेष्ठले मिस कन्फिडेन्टको उपाधि आफ्नो पोल्टामा पारिन् ।

युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्र्रतियोगीतामा झरना अधिकारीले ‘भ्युअर च्वाइस’, प्रियाशा जोशीले ‘पब्लिक च्वाइस’ उपाधि हात पारे ।

त्यस्तै कृष्टिना प्रजा ‘म्यानेज्मेन्ट च्वाइस’, कृतिका गौतम ‘मिस ट्यालेन्ट र मिस फोटोजेनिक’, समृद्धि जोशी ‘वेष्ट इन् इभिनिङ गाउन’, सोनिमा घलान ‘वेष्ट वाक’ र ओसिन माली ‘मिस कन्जिनियालिटी’ विजेता बने ।

संचारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफी रहेको प्रतियोगीतामा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दीपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगीता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको रुपमा रहेका थिए ।

‘मिस प्लस टू’को उपाधि यस अगाडि अहिलेकी चर्चित अभिनेत्री आँचल शर्माले पनि जितेकी थिइन् । यो उपाधिपछि उनको कलाक्षेत्रमा प्रवेश भएको थियो ।

प्रतिक्रिया