मिटर व्याजसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
अखबार टुडे
प्रकाशित:
२०८०, १२ श्रावण

काठमाडौं, १२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

प्रतिक्रिया