कांग्रेसलाई मुख्यमन्त्री दिन एमाले तयार छ : हिक्मत कार्की
अखबार टुडे
प्रकाशित:
२०८०, १२ श्रावण

विराटनगर, १२ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आफूहरु कांग्रेससँग मिलेर सरकार गठन गर्न तयार रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने भन्दै उनले कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार गठन गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

तर कार्यकाल आधा–आधा हुनु पर्ने उनको भनाइ छ । कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई हिजो बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्दै छन् ।

प्रतिक्रिया