प्रहरीले आगो लगाएर नष्ट गर्‍यो झन्डै ९ हजार हातहतियार
अखबार टुडे
प्रकाशित:
२०८०, ११ श्रावण

काठमाडौं, ११ साउन । नेपाल प्रहरीले झन्डै ९ हजार हतियार आगो लगाएर नष्ट गरेको छ । विभिन्न समयमा विभिन्न स्थानबाट जफत भएका तथा वेवारिसे हतियार प्रहरीले नष्ट गरेको हो ।

भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १ हजार ७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका ११ का वडाअध्यक्षलगायतको रोहबरमा काठमाडौं महानगरपालिका ११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई व्यवस्थापन एवम् संरक्षणका लागि उक्त कार्यदलको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया