तीन महिनामा १४ हिमाल चढेर हरिला र तेन्जेनको विश्व कीर्तिमान
अखबार टुडे
प्रकाशित:
२०८०, ११ श्रावण

काठमाडौं, ११ साउन । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाउन सफल भएका छन् ।

हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को सफल आरोहण गर्दै यो उपलब्धि मात्र ३ महिना एक दिनमा हासिल गरेका हुन् ।

यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जाको नाममा रहेको थियो । पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा यो कीर्तिमान राखेका थिए । पुर्जा अहिले सबै १४ वटा हिमाल बिना अक्सिजन सबैभन्दा चाँडो आरोहण गर्ने प्रयासमा रहेका छन् ।

३७ वर्षीया हारिला सशक्त पर्वतारोही भए पनि यो अभियानका लागि प्रायोजक पाउनै उनलाई धौ–धौ परेको थियो । यसका लागि उनले आफ्नो अपार्टमेन्ट नै बेच्नुपरेको थियो ।

उता तेन्जिन भने १६ वर्षको उमेरदेखि गाइडको रूपमा काम गर्दै आएका छन् । उनी यो अभियानमा हारिलाको महत्त्वपूर्ण सहयोगीका रूपमा रहेको उनको टीमले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया