एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, १० श्रावण

काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

त्रिभुवन विमानस्थलबाट भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेले संसद अवरुद्ध गरेको थियो ।

एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि प्रतिनिनिधसभा बैठक साउन १५ गते बस्ने गरी स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया