एक क्वीन्टल सुन प्रकरण: कांग्रेसकै सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा
अखबार टुडे
प्रकाशित:
२०८०, १० श्रावण

काठमाडौं, १० साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा सत्तारुढ गठबन्धनका दलबाटै गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न नसकेको आरोप लगाएका छन् ।

उनले भने, ‘उहाँहरुले भरियामात्र होइन मुख्य दोषीलाई पक्डियौं भन्नुपर्थ्यो, ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपर्थ्यो । होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’

उनले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू यो विषय उठाएर आमरण अनसन बस्नेसमेत बताए ।

प्रतिक्रिया