संसद् भवन घेर्न जाँदा वानेश्वरमा लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल
प्रकाशित:
२०८०, १० श्रावण

काठमाडौं, १० साउन । लघुवित्त पीडित र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा धकेलाधकेल भएको छ । आज बिहान माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।
निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी र प्रहरीबीच एकछिन धकेलाधकेल भएपनि स्थिति भने सामान्य रह्यो ।
लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौंमा प्रदर्शन गर्दै आएको छ । लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण निःशुल्क प्रदान गर्नुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार