साउदी सरकारद्वारा मक्कामा दाइ-बहिनीलाई मृत्युदण्ड, के थियो घटना ?
अखबार टुडे
प्रकाशित:
२०८०, ९ श्रावण

काठमाडौं, ९ साउन (एजेन्सी) । साउदी अरब सरकारले मक्कामा दुई जनालाई मृत्युदण्डको सजाय दिएको छ । साउदी अरबले दाइ–बहिनीलाई मृत्युदण्डको सजाय दिएको हो ।

दुईलाई आफ्ना आमाबुवा र दाइ बहिनीको हत्यामा दोषी पाइएको थियो । अल अरेबियाको खबर अनुसार अब्दुल्ला अजिज बिन फाहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहूदले आफ्नी आमा र दुई भाइको खानामा निद्राको औषधी मिसाइदिएकी थिइन् ।

त्यसपछि यी दुई दाइ–बहिनीले आफ्नी आमा र एक भाइलाई सुतिरहेका बेला गोली हानी हत्या गरेका थिए । त्यसको भोलिपल्ट अर्को भाइलाई पनि गोली हानियो । साउदी सरकारका अनुसार अपराधपछि दुई जना मिलेर शवलाई एउटा स्थानमा लिएर गएको र त्यहाँ आफ्ना बुवालाई बोलाएर उनलाई पनि गोली हाने ।

सरकारका अनुसार यी दाइ बहिनीले पूरा घरलाई आगो लगाइदिएको र ग्यास लिक भएका कारण सल्किएको आगोमा परी सबै जना मरेको बताए । साउदी सरकारले सुरक्षा र स्थिरता यथावत् राख्नका लागि आफू प्रतिबद्ध भएको र यस्तो अपराध गर्नेले निश्चित रूपमा सजाय पाउने बताएको छ ।

प्रतिक्रिया