एक क्विन्टल सुन प्रकरण : विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई
अखबार टुडे
प्रकाशित:
२०८०, ९ श्रावण

काठमाडौं, ९ साउन । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।

करिब एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट हटाइएको अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माले जानकारी दिए ।

उनका अनुसार पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए । पोखरेल भने हाल २ महिने बिदामा रहेको बताइएको छ ।

प्रतिक्रिया