सरिताले जितिन् ‘मिसेस तामाङ-२०२३’को उपाधि
अखबार टुडे
प्रकाशित:
२०८०, ९ श्रावण

काठमाडौं, ९ साउन। ‘मिसेस तामाङ–२०२३’को ताज सरिता तामाङले जितेकी छन् । काठमाडौंमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा सरिताले १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ–२०२३’को ताज जितेकी हुन् ।

साथै, उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीप सब टाइटलसमेत हात पारिन् । एसके इन्टरटेनमेन्ट प्रा.लि.ले गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि कानून, न्याय तथा संघीय मामिलामन्त्री धनराज गुरुङ थिए ।

यस्तै, प्रतियोगितामा बरिष्ठ गायक आनन्द कार्की, गायक विश्व दोङ, रोशन तामाङ, मेकअप आर्टिष्ट टेकराज पाण्डे, गायिका रमला पाख्रिन, समाजसेवी तथा फेशन डिजाइनर सोनिका लामा निर्णायक रहेका थिए ।

प्रतियोगितामा फस्ट रनरअप दुर्गा तामाङ बनिन् । साथै, उनले फेसपुक च्वाइस पपुलर र इन्ककटेलिजेण्टको उपाधिसमेत जितिन् । यस्तै, सेकेण्ड रनरअप सुस्मिता तामाङ, थर्ड रनरअप मिना तामाङ र फोर्थ रनरअप मनिषा तामाङ भए ।
यसैगरी, मिसेस तामाङ अनेष्टको उपाधि मनिषा, फ्रेण्डशीपको उपाधि सस्मिता, डिसिप्लिन सर्मिला, स्माइल मोनिका, हार्ड वर्किङ इचुला र मिसेस एक्टिभको उपाधि देउतीले तामाङले जिते ।

शीर्ष बिजेताहरुले ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियोमा समेत सहभागिता जनाउन पाउने आयोजक एसके इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक शान्ता तामाङले जानकारी दिइन् ।

प्रतिक्रिया