आफूले सुराकी पुरस्कारको व्यवस्था गर्दा सय किलो सुन समातियो : अर्थमन्त्री महत
अखबार टुडे
प्रकाशित:
२०८०, ८ श्रावण

काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुरस्कारको व्यवस्थाका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् ।

सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भन्सारमा हुने अनियमितता कम गर्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिंदा सुन समातिएको दाबी गरेका हुन् ।

उनले भने, ‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ । यस्ले सूचना दिनेलाई प्रोत्साहन मिलेको हुनुपर्छ ।’

उनले सुन तस्करी प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान गरिने उनले बताए । राजस्वको अनुसन्धानलाई सघाउन संलग्न कर्मचारीलाई निलम्बन गरिएको र भन्सार विभागले पनि छानबिन गरिरहेको अर्थमन्त्री महतको भनाइ छ ।

प्रतिक्रिया