ललिता निवास प्रकरणमा दुई जना नक्कली मोही पक्राउ
प्रकाशित:
२०८०, ८ श्रावण
काठमाडौं, ८ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो ।
उनीहरु ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए ।
योसँगै यस प्रकरणमा पक्राउ परेका २१ जना सिआइबीको हिरासतमा छन् । सीआईबीले ठगी र संगठित अपराधको कसूर अन्तरगत यो मामलामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार