सय किलो सुन प्रकरण- यी हुन् अहिलेसम्म पक्राउ परेका १६ जना
अखबार टुडे
प्रकाशित:
२०८०, ८ श्रावण

काठमाडौं, ८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको करिब एक क्विन्टल सुन प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । तीमध्ये छ जना सुन बरामद भएकै दिन, चार जना गत बिहीवार र आइतबार छ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी छन्। त्यसैगरी भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन् । उनीहरु आइतबार पक्राउ परेका हुन् ।

उनीहरुमाथि थप अनुसन्धान गर्न आइतवार हिजो उच्च अदालत पाटनले छ दिनको म्याद दिएको छ । यसअघि सुन बरामद भएकै दिन गएको बुधवार पक्राउ परेका छ जनामाथि १० दिन र बिहीवार पक्राउ परेका चार जनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नौ दिन म्याद थप भएकाहरूमा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । १० दिन म्याद लिएर अनुसन्धान भैरहेकाहरुमा सुन बरामद भएको ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

साउन ३ गते बुधवार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो । तर सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पाट्र्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो ।

जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिएर अपरेसन गर्दा करिब सय किाले सुन् बरामद गरिएको थियो । बरामद भएको उक्त सुन परीक्षणका लागि राष्ट्र बैंकको टक्सार विभागमा पठाइएको छ ।

क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो । तर सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पाट्र्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो ।

जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिएर अपरेसन गर्दा करिब सय किाले सुन् बरामद गरिएको थियो । बरामद भएको उक्त सुन परीक्षणका लागि राष्ट्र बैंकको टक्सार विभागमा पठाइएको छ ।

प्रतिक्रिया