विद्यालयमा व्यायामशालाको छत भत्किँदा चीनमा ११ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, ८ श्रावण

काठमाडौं, ८ साउन (एजेन्सी) । चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो ।

घटना हुँदा व्यायामशाला भित्र १९ जना फसेका थिए । चार जना भाग्न सफल भएका छन् । भग्नावशेषबाट १५ जनालाई निकालिएकोमा चार जना घाइते छन् । हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको व्यायामशालाका प्रमुखलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया