चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा
अखबार टुडे
प्रकाशित:
२०८०, ७ श्रावण

काठमाडौं, ७ साउन । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली काठमाडौं आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोली तीन दिने नेपाल भ्रमणका लािग काठमाडौं आइपुगेका हुन् ।

यो टोलीले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइएको छ । टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने तालिका रहेको बताइए पनि प्रचण्ड इटाली भ्रमणमा भएकोले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग भेटवार्ता हुनेछ । यसै अवसरमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका टुङ्गो लगाउने सम्भावना पनि रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया