ललिता निवास प्रकरणमा थप एक जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, ७ श्रावण

काठमाडौं, ७ साउन । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामनिा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रहरीले आइतबार श्रेष्ठलाई नियन्त्रणमा लिएसुँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया