आफ्नो-आफ्नो पसल थापेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्छ : माधव नेपाल
अखबार टुडे
प्रकाशित:
२०८०, ७ श्रावण

काठमाडौं, ७ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताएका छन् ।

आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए ।

उनले कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताए । उनले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउन आफू सकारात्मक रहेको बताए ।

प्रतिक्रिया