नेपाल प्रहरीका ७२ जना सई इन्स्पेक्टरमा बढुवा
अखबार टुडे
प्रकाशित:
२०८०, ७ श्रावण

काठमाडौं, ७ साउन । नेपाल प्रहरीले ७२ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ ।

जनपद प्रहरी समूह तर्फ ६४ जना, प्राविधिक समूह इन्जिनियरिङ तर्फ छ जना, स्वास्थ्य तर्फ दुई जना गरी ७२ जनालाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।

साउन ६ गते बसेको बढुवा समितिको बैठकले बढुवामा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया