गायिका बेनुका राईको यस्तो छ ‘साइबा’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, ५ श्रावण

काठमाडौं, ५ साउन । गायिका बेनुका राईको पछिल्लो गीत ‘साइबा’ यतिखेर चर्चामा छ । यो गीत गायिका बेनुकाले लामो समयको अन्तरालपछि ल्याएको हुन् ।

केही दिनअघि सार्वजनिक भएको ‘साइबा’ बालको यस गीतमा निलम रोजु राईको शब्द तथा संगीत रहेको छ । यस गीतको भिडियोलाई गायिकासमेत रहेकी संगीतकार निलम रोजु राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतबाट राम्रो प्रतिक्रिया आइरहेके निलमको भनाइ छ । उनले भनिन्, ‘अहिलेसम्म जतिले भिडियो हेरे, सबैले राम्रो भनेका छन् ।’

गायक समेत रहेका देवेश राईले संगीत संयोजन गरेको यस गीतको भिडियोमा गायिका बेनुका सयंम फिचर्ड छिन् । साथै, भिडियोमा संगीतकार निलम पनि देखिन्छिन् ।

बेनुका अहिलेका चर्चित र व्यस्त अभिनेता दयाहाङ राईको श्रीमती हुन् । पछिल्लो समय दयाहाङ नेपाली फिल्म क्षेत्रका व्यस्त र डिमाण्डेड अभिनेता हुन् । श्रीमानको व्यस्तकै कारण बेनुकाको गायनमा उपस्थिति भने पातलिँदै गएको आभाष हुन थालेको छ ।
गायिका बेनुका कुनै समयकी चर्चित गायिका हुन् । त्यसो त हिजोआज पनि उनका प्रशंसक उत्तिकै छन् । उनको यो पछिल्लो गीत ‘साइबा’ले बेनुकाको गायनलाई पुर्नताजकी गराएको छ ।

प्रतिक्रिया