बेलायतमा नेपाली नर्सका लागि आवेदन खुला
अखबार टुडे
प्रकाशित:
२०८०, ५ श्रावण

काठमाडौं, ५ साउन । बेलायतमा रोजगारी गर्न जान चाहने नेपाली नर्सहरूका लागि आवेदन खुला भएको छ । नेपाल र बेलायतबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन आह्वान गरिएको हो ।

त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।https://ferms.dofe.gov.np/auth/login मा गएर १९ अक्टोबर २०२३ सम्म आवेदन दिन सकिनेछ ।

अनलाइनमा गइसकेपछि आफ्नो युजर आईडी बनाउनुपर्छ । रजिष्ट्रेशन गर्दा आफ्नो पासपोर्ट नम्बर, जन्ममिति, आफ्नो पुरा नाम, इमेल, फोन नम्बर सबै पेश गर्नुपर्नेछ । सोही आधारमा अनलाइनमा रजिष्ट्रेशन हुनेछ । र त्यही आधारमा आवेदन फारम भर्न सकिनेछ ।

यसका लागि विभिन्न मापदण्ड तोकिएको छ । हेल्य केयर असिस्टेन्ट (स्वास्थ्य सहायक) पदका लागि जान पाउनेछन् । उनीहरूले मासिक २ हजार ३६७ पाउण्ड (आजको बिनिमय दरअनुसार ४ लाख २ हजार ९८९.५२ रूपैयाँ) तलब पाउनेछन् । त्यसमा कर, बीमाको पैसा काटिनेछ ।

नर्सहरूले हप्तामा ३७.५ घण्टा काम गर्न पाउनेछन् । वार्षिक २७ दिन र सार्वजनिक विदाको दिन बिदा पाउनेछन् । उनीहरूले पहिलो तीन महिनाका लागि आवास सुविधा निःशुल्क हुनेछ ।

ओभरटाइम बेलायत सरकारको नियमानुसार हुनेछ । उनीहरूलाई तीन वर्षका लागि समयावधि तोकिएको छ । यसमा थपघट हुन सक्नेछ ।

स्वास्थ्य सहायकको रूपमा स्टाफ नर्स, बिएस्सी तथा बीएन नर्स, मास्टर डिग्री नर्सले आवेदन दिन सक्नेछन् । उनीहरूले नर्सिङ लाइसेन्स लिएर दुई वर्ष कार्यअनुभव लिइसकेको हुनुपर्नेछ ।

प्रतिक्रिया