७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार, दुई जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, ५ श्रावण

काठमाडौं, ५ साउन । दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै बलात्कृत भएकी छन् । गएराति पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न दुई जनालाई घटनास्थलबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए । पक्राउ पर्नेमा ३० वर्षीय पुष्कर रोका र २० वर्षीय रेशम विक छन् ।

आँखाको उपचार गर्न तुलसीपुर आएकी ती वृद्धा बसपार्क छेउमा उभिरहेका बेला रोका ती युवाहरुले फकाएर बसभित्र लगी बलात्कार गरेका थिए । उनीहरुमाथि थप कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया