सय किलो सुन प्रकरण : भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
अखबार टुडे
प्रकाशित:
२०८०, ५ श्रावण

काठमाडौं, ५ साउन । करिब १ सय किलो सुन बरामद प्रकरणमा भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।

उक्त सनुबारे छानविन गर्न भन्सारका दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

उनका अनुसार भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको छ । त्यस्तै छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको महानिर्देशक पौडेलले बताए ।

क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया