सुन-चाँदीको भाउले बनायो नयाँ रेकर्ड, आज कतिमा कारोबार भइरहेको छ ?
अखबार टुडे
प्रकाशित:
२०८०, ४ श्रावण

काठमाडौं, ४ साउन । नेपाली बजारमा सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यसअघि गत जेठ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज (बिहीबार) सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ । आज चाँदीको मूल्य चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढिरहेकाले नेपालमा पनि भाउ बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार भाउ अझै बढ्ने सम्भावना छ ।

प्रतिक्रिया