काठमाडौंको फोहोर व्यवस्थापनमा मंगलबार पनि अवरोध
प्रकाशित:
२०८०, २ श्रावण

काठमाडौं, २ साउन । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज (मंगलबार) पनि अवरोध भएको छ । काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर नुवाकोट र धादिङको सीमानामा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।
तर स्थानीयको आज पनि अवरोध गरेपछि सोमबारदेखि फोहोर विसर्जन हुन नसकेको हो । यसअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले हिजदेखि अवरोध सुरु गरेको छ । स्थानीयहरु ‘कि हामीलाई मारी दे, कि बस्ती सारी दे’ भन्ने नारा लगाउँदै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
कामपाले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो । तर एक बर्ष बितिसक्दा पनि कार्यान्वयन आएको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
