‘ग्ल्याम डिभा नेपाल-२०२३’का लागि आवेदन खुला
अखबार टुडे
प्रकाशित:
२०८०, १ श्रावण

काठमाडौं, १ साउन । आरएनआर ग्रुपको आयोजनामा ‘ग्ल्याम डिभा नेपाल’ आयोजना हुने भएको छ । मोडलिङमा करिअर बनाउन चाहनेहरुलाई लक्षित गर्दैै ‘ग्ल्याम डिभा नेपाल–२०२३’ आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रबन्धक निर्देशक रविन श्रेष्ठले बताए ।

‘ग्ल्याम डिभा नेपाल–२०२३’का लागि आवेदन खुला भइसकेको छ । आयोजक संस्थाका अनुसार यस सौन्दर्र्य प्रतियोगितामा सहभागी हुन चाहनेले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस प्रतियोगितामा सहभागी हुनका लागि आयोजक न्यूनतम मापदण्ड बनाएको छ । यस प्रतियोगितामा १६ वर्षदेखि २४ वर्ष उमेरसम्मका अविवाहित महिलाले आवेदन दिन सक्नेछन् । आवेदन फर्मको पाँच सय रुपमा शुल्क लाग्ने आयोजकले जनाएको हो ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार प्रतियोगिताको शीर्ष विजेताले एक लाख रुपैयाँ नगद पुरस्कारसहित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर दिइनेछ ।

आरएनआर ग्रुपको ‘ग्ल्याम डिभा नेपाल’ पहिलो पटक आयोजना गर्न लागेको हो । सात वर्षदेखि ब्युटिपेजेन्ट तथा फेसन शो लगायतका इभेन्टहरु आयोजना गर्दै आएको यो संस्थाले डान्स पाटी र कर्पोरेट इभेन्टहरु पनि गर्दै आएको छ । इमेन्ट मेनेजमेन्टमा अनुभवी मानिएको आरएनआरले यस वर्षदेखि ‘ग्ल्याम डिभा नेपाल’लाई निरन्तरता दिने जनाएको छ ।

प्रबन्ध श्रेष्ठले भने, ‘मोडलिङ क्षेत्रमा करिअर बनाउन चाहने युवतीका लागि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गरौँ भनेर ‘ग्ल्याम डिभा नेपाल’ सुरु गरिएको हो । आगामी दिनमा यो कार्यक्रमलाई निरन्तर दिइने छ ।’

प्रतिक्रिया