ललिता निवास प्रकरण : १७ जनालाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ असार

काठमाडौं, ३१ असार । जिल्ला अदालत काठमाडौंले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको हो ।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया