राष्ट्रपति पौडेलबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ असार

काठमाडौं, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रमाणीकारण गरेका हुन् ।

सङ्घीय संसदबाट पारित भई नेपालको संविधान अनुसार प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकलाई प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि बाटो खुलेको छ ।

प्रतिक्रिया