महानिर्देशकको राजीनामा माग गर्दै अध्यागमन विभाग अगाडि मेनपावर व्यवसायीको प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ असार

काठमाडौं, २९ असार । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई विमानस्थलबाट फर्काइएको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् ।

वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो । कागजात शंकाष्पद रहेको कारण देखाउँदै अध्यागमनले रोकेको थियो ।

तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया