भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३
अखबार टुडे
प्रकाशित:
२०८०, २९ असार

काठमाडौं, २९ असार (एजेन्सी) । भारतले चन्द्रमाका लागि रकेट पठाएको छ । स्थानीय समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइएको रकेट टेकअफ भएको हो ।

योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्ने टाइम्स अफ इन्डियाले जनाएको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ । यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पु¥याउन सकेका छन् ।

भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो । सन् २००८ मा भारतले चन्द्रयान–१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन । सन् २०१९ मा भारतले पठाएको चन्द्रयान–२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो । चन्द्रयान–३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ ।

प्रतिक्रिया