रेकर्ड भएको ३५ बर्ष पछि नारायण गोपालको ‘केही मीठो बात गर’को भिडियो सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०८०, २९ असार


काठमाडौं, २९ असार । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर’ को रेकर्ड भएको ३५ बर्ष पछि आधिकारिक म्युजिक भिडियो निर्माण गरिएको छ ।

बिहिवार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रम बिच ’केहि मिठो बात गर ’ भिडियो सार्वजनिक गरिएको हो । गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले २०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरेका थिए ।

नारायणगोपाल संगीत कोष संगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो। गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ । भिडियोमा चालिसको दशकको नेपालको परिवेशलाई समेटिएको छ । सुव्रत आचार्यलेको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन ,कलर तथा भिएफक्स र उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ ।

भिडियोलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो । ४० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले पछिल्लो समय उत्पादन र ब्यबस्थापन गरेका धेरै गीतहरु दर्शकको रोजाइमा परिरहेका छन् ।

भिडियो :

प्रतिक्रिया