थाइल्यान्डमा आर्नभ, सायरा र निभिकाले जिते ताज
अखबार टुडे
प्रकाशित:
२०८०, २८ असार

काठमाडौं, २८ असार । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालक आर्नभ श्रेष्ठले शिर्ष उपाधि जित्न सफल भएकी छन् ।

बिभिन्न उमेर समुहको कारण ग्रुप ए, बि र सि बर्गिकरण गरिएको प्रतियोगीतामा आर्नभले गूप बि अन्तर्गत ‘टिन स्टार इन्टरनेसनल २०२३’को शिर्ष उपाधि हात परेकी हुन् । प्रतियोगीतामा श्रेष्ठले मिष्टर पर्सनाली उपाधि जितेका थिए ।

प्रतियोगीतामा ग्रुप बि अन्तर्गतनै निभिका दुवालले थर्ड रनर अप र मिस पर्सनालिटी उपाधि हात परेकी छन् । त्यस्तै ग्रुप ए अन्तर्गत सायरा भट्टले फष्टरनर अफ र मिस ट्यालेन्ट उपाधि जितेकी छन् ।

जुलाई ३ तारिखदेखि ११ तारिखसम्म थाइल्याण्डको बैंकक स्थित सिएससी हलमा आयोजित प्रतियोगीतामा नेपाल सहित भारत, युके, टर्की, श्रीलंका लगायत ३४ देशको सहभागीता रहेको थियो ।

बैंकक र पटाया गरेर आयोजना भएको कार्यक्रममा नेशनल कस्टुम, ट्यालेन्ट शो, सुमिङ वेयर, फोटो सुट लगायत बिभिन्न चरणमा आयोजना भएको थियो । कार्यक्रममा नेपाली बालबालीकालाई इभेन्ट वेटर ग्यालेक्सीले पठाएको हो ।

नेपालको तर्फबाट सहभागी तीनै बालबालीकालाई गु्रमिङ गर्ने काम कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए, भने सिआइएफटीको ड्रेस र ग्लोसी गल्र्सले मेकअफ जिम्बेवारी सम्हालेका थिए ।

आर्नभ काठमाडौँ प्रयागकुञ्ज स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् । भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट वेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन् ।

त्यस्तै ११ वर्षीय सायरा पाठशाला नेपालमा कक्षा ६ मा अध्ययनरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् ।

त्यस्तै १३ बर्सिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विद्यार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।

नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धिरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट वेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकार आफैले लिएर थाइल्यान्ड गएका थिए ।

कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कला संस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत दिएको इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकारले बताए ।

प्रतिक्रिया