सिरहामा प्रहरी जवानलाई हात बाँधेर यातना
प्रकाशित:
२०८०, २७ असार

काठमाडौं, २७ असार । सिरहामा कार्यरत १ जना प्रहरी जवानलाई हात बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको छ । सिरहामा कार्यरत प्रहरी जवान अनु रायको हात बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो ।
इन्सपेक्टर हेमन्त राईले प्रहरी जवानको हात बाँधेर यातना दिएको बताइएको छ । भिडियोमा प्रहरी आचरण विपरीत काम गरेको र रक्सी पिएको भन्दै जवानलाई गाली गरेको समेत सुनिन्छ ।
जवानले भने आफूले रक्सी नपिएको दाबी गर्छन्। त्यसपछि मेडिकल टेस्ट गर्न लैजाने भनिएको भिडियोमा सुनिन्छ । उक्त भिडियो बाहिरिएपछि यसमाथि छानबिन भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी जनकराज भट्टराईले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार