सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
अखबार टुडे
प्रकाशित:
२०८०, २७ असार

काठमाडौं, २७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । पशुपति आर्यघाटमा आजै अन्तिम दाहसंकार गरिने छ ।

प्रतिक्रिया