नेपाल अफ्रिका फिल्म फेस्टिबल : द ट्रेन अफ साल्ट एन्ड सुगर र प्रकाश सर्वोत्कृष्ट फिल्म
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार

काठमाडौं, २६ असार । ११ औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२३ मा उत्कृष्ट चलचित्रलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । शनिबार २३ असारबाट सोमबार २५ असारसम्म काठमाडौंको नाचघरमा प्रदर्शन भएका चलचित्रबाट विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गरिएको हो ।

नेपाली प्रतिस्पर्धामा दिनेश राउतको चलचित्र प्रकाश उत्कृष्ट भएको छ । प्रकाशबाटै विकास सुवेदीले सर्वोत्कृष्ट स्कृप्टको अवार्ड, प्रकाश चलचित्रकै मान्छे मान्छे गीतबाट एलिस कार्कीले उत्कृष्ट संगीतकारको अवार्ड चुमेका छन् ।

कार्यक्रममा सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र प्रेमगञ्जबाट तेज गिरीले र सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र भाग्यबाट अभिनेत्री निता ढुँगानाले जितिन् । गीति चलचित्र भाग्यले जुरी अवार्ड पायो भने भाग्यबाटै रोशन कुमार श्रेष्ठले सर्वोत्कृष्ट निर्देशकको अवार्ड, भाग्यबाटै अभिनेता यसराज (सुरज) गराचले अभिनेता तर्फको जुरी अवार्ड र सुनिल कटुवालले सह अभिनेताको अवार्ड जिते । सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र परिवारबाट बसुन्धरा भुसालले हाँसिल गरिन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा अग्रज संगीतकार शम्भुजीत बासकोटाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा बेस्ट सिनेमाटोग्राफरको अवार्ड फिल्म हुक्काबाट कृष्णबहादुर थापाले, बेष्ट एडिटरको अवार्ड फिल्म परिवर्तन (द चेन्ज)बाट वीरन्द्र भाट विपिनले हाँसिल गरे ।

यस्तै बेष्ट सर्ट फिल्मको अवार्ड प्रधुम्न मिश्र निर्देशित फिल्म दुविधाले र बेस्ट डक्युमेन्ट्रीको अवार्ड रोशनी केसी निर्देशित बृत्तचित्र डेडिकेसन (समर्पण)ले र बेष्ट स्टुडेन्ट फिल्मको अवार्ड नेपाल फिल्म क्याम्पसका सामल कुमार बज्राचार्यले फिल्म ‘हावाम्यान’बाट जिते । राष्ट्रिय तर्फको निर्णायकमा अग्रज चलचित्र निर्देशक सत्यराज चौलागाई, गायकद्धय नमराज ढुँगाना, नारायण थापा, अग्रज एरेन्जर अमोस तामाङ र ध्वानी सम्पादक मनोज परियार थिए ।

अन्तराष्ट्रिय तर्फ घानाको सर्ट फिल्म ‘या’ बाट निर्देशक इसी ह्यामोहले जुरी अवार्ड जितिन् । बेस्ट अफ्रिकन डक्युमेन्ट्रीको अवार्ड जिम्वावेको डक्युमेन्ट्रि ‘कलिङ द डेड’ले हाँसिल गर्दा केन्या र जर्मनको कात्जा बेनरज निर्देशित सर्ट फिल्म ‘वाटु वाटो’ले बेष्ट अफ्रिकन सर्ट फिल्मको अवार्ड हाँसिल ग¥यो । लिसिनियो एजेभेदो निर्देशित मोजाम्बियाको फिल्म ‘द ट्रेन अफ साल्ट एन्ड सुगर’ले सार्वोत्कृष्ट अफ्रिकन फिचर फिल्मको अवार्ड चुम्यो ।

नायक अभिनेता आर्यन सिग्देल, निर्देशक सुदर्शन थापा, कान्तिपुरका कपी एडिटर पारस प्रकाश नेपाल, गायिका तथा संगीतविज्ञ झुमा लिम्बु र अभिनेता÷गायक तथा फेसन टोक्नोलोजी विशेषज्ञ फुपु तेन्जिङ शेर्पा अन्तराष्ट्रिय अफ्रिकन फिल्मको निर्णायकमा थिए । सोही कार्यक्रममा अन्तराष्ट्रिय इभेन्ट डिरेक्टर निशु कान्त झा, अन्तराष्ट्रिय मेकअप आर्टिष्ट सुष्मा पौडेल (गीता) र संगीतकार सरोज कोईरालासम्मानित भए ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजना तथा चलचित्र विकाश बोर्ड र लिक्षण क्रियसन प्रा.लि.को सह आयोजनामा सम्पन्न यो समारोहमा अन्तराष्ट्रिय तर्फ ११ का दश वटा अफ्रिकन फिल्म र राष्ट्रिय तर्फ नेपालका १२ वटा गरी कुल २२ वटा फिल्म प्रदर्शन गरियो ।

। महोत्सबमा बीरेन्द्र हमालले माईम एक्ट सम्बन्धि एक दिवसीय अभिनेया प्रशिक्षण विभिन्न १८ जनालाई दिए । यस्तै महोत्सबको दोश्रो दिन नेपाली सर्ट फिल्मको अन्तराष्ट्रिय बजार विषयमा भएको अन्तर क्रियामा चलचित्र विकाश बोर्ड सदस्य राजु केसी, यो महोत्सबका कोअर्डिनेटर चिरञ्जिवी गुरागाईं, निर्देशक तथा समीक्षक मनोज पण्डित, सर्ट फिल्म निर्माता सुसान्त श्रेष्ठ बक्ता थिए । अन्तरक्रियालाई सञ्चारकर्मी विष्णु सुवेदीले सहजीकरण गरेका थिए ।

समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा अग्रज संगीतकार बासकोटाले यस्तो अन्तराष्ट्रिय महोत्सबलाई सरकारले विशेष सहयोग गर्नु पर्ने बताए । यस्तै नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले एउटा फरक अन्तराष्ट्रिय फिल्म महोत्सबका रुपमा नेपाल अफ्रिका फिल्म फेस्टिबल स्थापित भएको छ भने ।

आयोजक संस्था कलेज अफ जर्नालिज्मकी प्रिन्सिपल एवम्म फेस्टिबल डिरेक्टर डा. मञ्जु मिश्रले अफ्रिकाले आफुहरुलाई वेवस्ता गर्दा पनि नेपालमा महोत्सब गर्दै आएको छु भनिन् । निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका महासचिब सविन श्रेष्ठ, कोशी प्रदेशकी साँसद मिना श्रेष्ठ लगायतले नेपालमा बसेर सिने प्रेमीलाई अफ्रिकन फिल्मको स्वाद यो महोत्सबले दिँदै आएको बताए ।

महोत्सबका म्यानेजर डब्बु क्षत्रीले आर्थिक अभावका कारण पनि आफुहरुले यो महोत्सबलाई आफ्नै खर्चमा यहाँसम्म ल्याउन सकेको बताए । महोत्सबबाट अफ्रिका महाद्धिप र बारिहका सिनेकर्मीले अफ्रिकामाथि बनेका उत्कृष्ट फिल्मलाई देखाउने गरेको क्षत्रीले बताए ।

समापन समारोहमा गायक सविन सुवेदीले गीत प्रस्तुत गरेर दर्शकलाई मनोरम तुल्याए । यसरी असार २३ देखि २५ सम्म १२ मुलकका २२ चलचित्र प्रदर्शन, विभिन्न कार्यक्रम र उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै सोमबार बेलुका यो महोत्सब सकिएको छ ।

प्रतिक्रिया