हेलिकप्टर दुर्घटना अपडेट : मनाङ एयरमा सवार ६ जनाकै मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार

काठमाडौं, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान मनाङ एयरको ९एन–एएमभी कलसाइन रहेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी हेलिकप्टरमा सवार सबै ६ जनौ मृत्यु भएको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

हेलिकप्टरमा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन थिए । मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।अहिले सबै शव संकलन भइसकेको श्रेष्ठले बताए ।

उनका अनुसार दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको छ । खराब मौसमका अनुसार शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया