सन्तोष प्रगाढको नयाँ गीत ‘कति रोएँ’ सार्वजनिक (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार

काठमाडौं, २५ असार । गायक सन्तोष प्रगाढको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यस ‘कति रोएँ’ बोलको यस गीतको भिडियोलाई डिमलाईट मुभिज एण्ड डिस्ट्रीब्युसनले निर्माण गरेको हो ।

युट्युबमार्फत सार्वजनिक गरिएको यस भिडियोमा चलचित्र क्षेत्रमा अनवरतरुपमा लाग्दै आएका कलाकार सरोज सापकोटा, नियुक्ति शेर्पा, विशाल बराल र विनोद त्रिपाठीले अभिनय गरेका छन् । सन्तोष प्रगाढकै संगीत रहेको यस गीतलाई चित्रप्रसाद शर्माको लेखेका हुन् ।

सोनाम मोक्तानको निर्माण रहेको यस गीतको भिडियोमा छायाँकन रामेश्वर हुमागाई, मेकअप रबि केसी र मुख्य सहायक निर्देशन विसाल बरालको रहेको छ । यस भिडियोलाई सन्तोष ढकालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया