ललिता निवास प्रकरणमा थप २ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार

काठमाडौं, २६ असार । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा थप दुईजना कर्मचारी पक्राउ परेका छन् । उक्त प्रकरणको अनुसन्धान गरिरहेको सुरक्षा निकाय सिआइबीले आज (मंगलबार) योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरू ०४९ सालमा एक सय १२ रोपनी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीको ठहर छ । पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया