मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, ५ जनाको शव भेटियो
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार

काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । लिखु पिके गाउँपालिका-५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

हेलिकोप्टर दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको र एक जनाको खोजी कार्य भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए । हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक थिए । उनीहरू माउन्टेन फ्लाइट गरेर फर्किंदै थिए । हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया