मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार

काठमाडौं, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।पाइलटसहित ६ जना सवार उक्त हेलिकप्टर एयरका स्टेसन मेनेजर विनोद थापाले जानकारी दिए ।

उनका अनुसार सोलुखुम्बुकै लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्क विहीन भएको छ । हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया